

बङ्गाल चुनाव : ममता बनर्जी भाजपाका सुबेन्दु अधिकारीसँग पराजित

काठमाडाैं – भारत पश्चिम बङ्गालको विधानसभा चुनावमा मुख्यमन्त्री ममता बनर्जी भारतीय जनता पार्टी भाजपाका नेता सुबेन्दु अधिकारीसँग पराजित भएकी छिन् ।
नन्दीग्रामबाट चुनाव उठ्नुभएकी तृणमूल कंग्रेस टीएमजीकी नेतृ बनर्जी भाजपाका नेता अधिकारीसँग १९ सय ५६ मतले पराजित भएकी छिन् । तर उनले भाजपाले धाँधली गरेको भन्दै अदालत जाने बताएकी छिन् ।
तृणमूल कंग्रेसमा रहेका सुबेन्दु अधिकारी भाजपामा प्रवेश गरेर नन्दीग्रामबाट उठ्ने निर्णय गरेपछि मुख्यमन्त्री बनर्जी पनि त्यसै क्षेत्रमा गएकी थिइन् । नन्दीग्रामबाट चुनाव लड्ने बनर्जीको घोषणालाई निकै जोखिमपूर्ण मानिएको थियो ।
बनर्जी आफैँले चुनाव हारे पनि तृणमूल कंग्रेसलाई भने शानदार जित दिलाएकाे छ । दुई सय ९२ सिट रहेको पश्चिम बंगालमा बनर्जीको दल तृणमूल कंग्रेसले एक सय ९६ सिटमा जितेको र १८ सीटमा अग्रता लिइरहेको चुनाव आयोगले जनाएको छ ।
भाजपाले ६५ सीट जितेको छ भने ११ सीटमा अघि रहेको छ । पश्चिम बङ्गालको चुनाव जित्न भाजपाले पूरै शक्ति लगाएको थियो । महामारीकाबीचमा पनि प्रधानमन्त्री नरेन्द्र मोदी र्यालीमा जानुभएको थियो ।
भाजपाले कयौँ केन्द्रीय नेताहरुको कमाण्डमा विशेष युनिट पनि बनाएको थियो । तर पश्चिम बङ्गालको ‘ब्याटल’ नरेन्द्र मोदीले हारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसी

