श्रम दिवसमा प्रधानमन्त्रीको भिडियो सन्देशः श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार पुर्‍याउँछौँ


काठमाडौं – अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले श्रम र सामाजिक सुरक्षाको क्षेत्रमा प्रभावकारी रुपमा काम गरिरहेको बताएका छन्।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको सरकारले सामाजिक सुरक्षा कोषमार्फत जुनसुकै क्षेत्रमा रहेका श्रमिक कामदारहरुका लागि जीवन पर्यन्त रोजगारीको व्यवस्था गरेको बताए।

श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याइने ओलीले दावी गरेका छन्। हाल श्रमिकले न्युनतम १३ हजार चार सय ४० रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन्।

अहिलेको सरकारले बेरोजगार व्यक्तिहरुलाई कम्तिमा १ सय दिनको काम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत व्यवस्था गरेको पनि प्रधानमन्त्री ओलीले बताए।

उनले अहिलेको सरकारले सरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि न्यूनतम पारिश्रमिकको व्यवस्थाका लागि सरकारले सहजीकरण गरिरहेको पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया