अमेरिकाले भारतबाट हुने यात्रामा अनिश्चितकालिन प्रतिबन्ध


नयाँ दिल्ली – भारतमा कोरोना भाइरसको बढ्दो मामिलालाई लिएर अमेरिकाले आगामी ४ मेदेखि भारतदेखि हुने यात्रामा प्रतिबन्ध लगाउने निर्णय लिएको छ। भारतमा कोरोनाको मामिला लगातार बढ्दै एक दिनमै ४ लाख ८ हजार संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन्।

भारतमा पछिल्लो एक सातामै १० लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। भारतमा अहिलेसम्म कोरोना भाइरसका कुल एक करोड ९१ लाख ६३ हजार ४८८ संक्रमित भेटिइसकेका छन्। हालसम्म २ लाख ११ हजार ७७८ ले ज्यान गुमाइसकेका छन्।

यात्रा प्रतिबन्धको सुरुवात चार मे देखि हुनेछ। तर यात्रा छुट दिइएका समूहलाई भने ४ मे पछि पनि अमेरिका जाने अनुमति दिइनेछ। अहिलेलाई अमेरिकाले यो यात्रा प्रतिबन्ध अनिश्चितकालका लागि लगाएको हो।

यो यात्रा प्रतिबन्ध अमेरिकी राष्ट्रपति जो बाइडनले हटाउनुपर्ने हुन्छ। यस यात्रा प्रतिबन्धबाट केही मानिसलाई छुट दिइएको छ। जसमा अमेरिकी नागरिक या स्थायी बसोबास अनुमति पाएका र उनीहरुका पत्नीलाई जान दिइनेछ।

प्रतिक्रिया