इजरायलकाे धार्मिक मेलामा भएकाे भागदौडमा ४४ को मृत्यु


काठमाडौं – उत्तरपूर्वी इजरायलमा एउटा धार्मिक मेलामा भएको भागदौडमा कम्तीमा ४४ जनाले ज्यान गुमाएका छन्। त्यहाँको राष्ट्रिय आपतकालीन उद्धार केन्द्रका मगेन डेभिड एडोमले भागदौडमा थुप्रै मानिस घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताएका छन्।

हालसम्म ४४ जनाको भएको र १ सयभन्दा बढी मानिस घाइते भएको  स्थानीय पत्रिकाले उल्लेख गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘डरलाग्दो विपत्ति’को संज्ञा दिँदै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

कोरोना भाइरसको महामारीकै बीचमा दशौँ हजार मानिसको उपस्थितिमा त्यहाँको माउन्ट मेरोनमा मेला लागेको थियो। गत वर्ष कोरोना महामारीका कारण रोकिएको धार्मिक मेलामा यस वर्ष मानिसको भिड धेरै थियो।

हिजो दिउँसोदेखि साँझसम्म मानिसहरु मेलामा पुगेका थिए। साथै आज पनि दिनभरजसो मेलामा मानिस थपिँदै जाने अनुमान अधिकारहिरुको थियो। कार्यक्रममा भागदौड मच्चिएपछि भने मेलामा सहभागी भएकाहरु फर्किन थालेका छन्।

प्रतिक्रिया