

सम्पर्कविहीन भनिएका जनमोर्चाका सांसद चरकको आईसीयूमा

पोखरा – जनमोर्चा नेपालका गण्डकी प्रदेश सभाका सांसद खीमविक्रम शाही अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि शाहीलाई पोखराको चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको जनाइएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पचालको आईसीयूमा उपचार भइरहेको उनका स्वकीय सचिव मिलन हमालले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेकै बेला उनी सम्पर्कबिहीन भएको भन्दै समाचार प्रकाशित भएका थिए ।
स्वकीय सचिव हमालकाअनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनको समस्याबारे केही खुलाइएको छैन । हमालकाअनुसार शाही उनी अहिले भाइ जुनविक्रम शाहीसँगै अस्पतालमा छन् ।

