

चन्द्रबहादुर खड्काको राष्ट्रिय सभा सदस्य गुम्यो

काठमाडौं– राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन्। नेकपा माओवादी केन्द्रले खड्काले दल त्याग गरेका कारण पदमुक्त गर्नका लागि राष्ट्रिय सभा सचिवालयमा पत्राचार गरेको थियो।
राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको राष्ट्रिय सभा सचिवले जानकारी गराएका हुन्। खड्का नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेका थिए।

