दाङमा वैशाख १७ देखि २५ गतेसम्म लकडाउन


बुटवल – कोभिड संक्रमण तीब्र रुपले बढेपछि दाङ जिल्ला कोभिड-१९ संकट व्यस्थापन केन्द्र (डीसीएमसी)ले दाङमा शुक्रबारदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।

सोमबार एकैदिन २१० जनामा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार बसेको डीसीसीएमसीको बैठकले वैशाख १७ गतेदेखि वैशाख २५ गते साँझ ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

लकडाउन अवधिमा अत्यावश्यकबाहेक सबै सेवा र व्यवसाय बन्द हुने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

प्रतिक्रिया