निषेधाज्ञा प्रभाव: दुई दिनमा एक लाख बढिले छाडे उपत्यका


काठमाडौँ – काठमाडौँ उपत्यकासहित संक्रमण बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उपत्यका छोड्नेको संख्या  ह्वात्तै बढेकाे छ ।

कोरोना भाइरस संक्रमण तीव्र भएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो घर फर्कन चाहनेहरुलाई मध्यनजर गरेर तीन दिनपछि अर्थात बिहीबारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

चापागाउँ, नागढुंगा, साँगा, बालाजु, कोटेश्वर, बल्खु र थानकोट नाका भएर सर्वसाधारण उपत्यकाबाट बाहिरिएका छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार ५२ हजार जनाले उपत्यका छाडेका हुन् । महाशाखाका प्रवक्ता कृष्ण अधिकारीले मंगलबार दिउँसोसम्ममा ५० हजार भन्दा बढीले उपत्यका छाडिसकेको बताए ।

सोमबार र मंगलबार भन्दा बुधबार उपत्यका छाडेर घर फर्कनेको संख्या बढ्ने देखिएको उनको भनाइ छ।

 

प्रतिक्रिया