सत्ता हत्याएपछिको पहिलो विदेश भ्रमणमा म्यानमारका सैनिक प्रमुख


नायपिटव – निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएका म्यानमारका सैन्य प्रमुखले पहिलोपटक अन्तर्राष्ट्रिय नेताहरुसँग भेटवार्ता गर्दै छन् ।

गएको फेब्रुअरी १ मा कु गरेर सत्ता हत्याएपछि पहिलोपटक सैनिक जनरल विदेश भ्रमणमा जान लागेका हुन् । सैनिक प्रमुख जनरल मिन आङ लाइङ शनिबार इन्डोनेशियाको राजधानी जकार्ता जाँदै छन् ।

सैनिकले सत्ता लिएयता लगातार प्रदर्शन हुँदै आएको छ । सुरक्षाकर्मीको ज्यादती र बल प्रयोगका कारण अहिलेसम्म ७०० भन्दा धेरैको ज्यान गएको छ ।

इन्डोनेशियामा दक्षिण पूर्वी एसियाली देशहरुको एशोसिएशन आसियनको सम्मेलन हुँदैछ । यस सम्मेलनमा म्यानमारसहित १० सदस्य राष्ट्रका नेता तथा विदेशमन्त्रीहरु सामेल हुने छन् । सम्मेलनमा म्यानमारको हालको संकटबारे औपचारिक रुपमा छलफल सुरु हुनेछ ।

प्रतिक्रिया