कोरोनाविरुद्धको खोप दुवै मात्रा लगाइसकेका वीर अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण


काठमाडौं – कोभिड विरुद्धको खोप लगाएका वीर अस्पतालका १५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका कोरोना फोकल पर्सन डा. अच्युत कार्कीले कोरोनाविरुद्धको खोप दुवै मात्रा लगाइ सकेकालाई पनि संक्रमण भएको जानकारी दिए।

संक्रमितमध्ये केही पहिले पनि संक्रमण भइसकेको उनले बताए। अहिले संक्रमित मध्ये अधिकांशलाई लक्षण देखिएको उनले जानकारी दिए।

कोरोना संक्रमितका लागि वीर अस्पतालमा हाल ६३ बेड रहेको छ। १० वटा आइसियु र १० भेन्टिलेटर रहेको उनले जानकारी दिए। दैनिकजसो संक्रमित थपिएकाले अस्पतालमा बेडको संख्या थपिँदै लगिएको उनले जानकारी दिए।

दैनिक १० जनाको हाराहारीमा संक्रमित थपिइरहेका छन्। कुल संक्रमित ६२ जनाले अस्पतालमा उपचार गराइरहेका छन्। आइसियुमा ८ जना र भेन्टिलेटरमा ३ जना राखी उपचार गरिरहेको उनले बताए।

 

प्रतिक्रिया