

लेनदेन मुद्दामा फरार महिला दुई वर्षपछि दाङबाट पक्राउ

दाङ – दाङमा लेनदेन मुद्धामा फरार भएकी एक महिलालाई प्रहरीले दुई वर्ष पछि पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले दिएको जानकारी अनुसार घोराही उपमहानगरपालिका १४ मिलनचोक बस्ने ३१ बर्षिया धनमाया बुढालाई पक्राउ गरिएको हो ।
बुढाविरुद्ध दाङ देउखुरी जिल्ला अदालतले लेनदेन मुद्धामा २०७६ कात्तिक ६ गते दुई वर्ष कैद फैसला गरेको थियो । फरार भएकी बुढालाई गएको सोमवार पक्राउ गरी मंगलवार अदालतमा उपस्थित गराएको प्रहरीले बताएको छ ।

