

कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा यादव नियुक्त

काठमाडौं – कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा वरिष्ठ कानुन व्यवसायी महादेवप्रसाद यादव नियुक्त भएका छन् ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले पूर्वमहान्यायाधिवक्तासमेत रहेका यादवलाई सो जिम्मेवारी दिएको हो ।
यादव राष्ट्रियसभाका पूर्वसदस्य पनि हुन् । यसअघि नेता राधेश्याम अधिकारीले सो पद सम्हाल्दै आएका थिए। पार्टी संरचना समायोजनबारे नेताहरुले विवाद निकालेपछि असन्तुष्ट हुँदै उनले राजीनामा दिएका थिए।

