एमालेभित्र थपियो संकट, ओलीविरुद्ध खनाल-नेपाल पक्ष अदालत जाने


काठमाडौं – पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षीय नेता तथा सांसदहरुलाई गरेको कारबाहीको विरुद्धमा खनाल-नेपाल पक्ष अदालत जाने भएको छ ।

अदालतमा जानअघि यतिबेला पार्टीको स्थायी समिति बैठक बसिरहेको छ । सो पक्षका एक नेताले अध्यक्ष ओलीले गरेको कारवाहीविरुद्ध आजै अदालत जाने टुंगो भएको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका थिए । ओलीले नेता नेपालसहित उनी पक्षीय नेता तथा सांसदहरुलाई छानीछानी स्पष्टीकरण सोधेपछि विभाजनको संघारमा रहेको एमालेभित्र थप संकट पैदा भएको छ ।

ओलीले नयाँ राजनीतिक दलको रुपमा संलग्न भएको तथा एमालेको चुनाव चिन्ह र झण्डा दुरुपयोग गरेको आरोप लगाउँदै नेपाल लगायतलाई किन कारवाही नगर्ने भनेर सोधेका छन् । मंगलबार २ दिने समय सीमासहित ओलीले नेता नेपालसहित २७ जना संघीय सांसदहरुलाई यस्तै व्यहोराको पत्र पठाएर कारवाही प्रक्रिया अघि बढाएका हुन् ।

प्रतिक्रिया