कांग्रेस नेता हुमागाइँद्वारा पार्टी एकतामा जोडः विधि र विधानविपरीत चल्ने प्रवृत्तिप्रति गम्भीर प्रश्न


काठमाडौं – नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंले पार्टीभित्र विधि, विधान र परम्परा अवैधानिक ढङ्गले चल्ने प्रवृत्तिप्रति गम्भीर प्रश्न उठाएका छन् ।

नेपाली कांग्रेसको नियमित महाधिवेशनको तयारीका क्रममा मोरङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता हुमागाईंले लोकतान्त्रिक मूल्यमान्यता र कानूनी राज्यको सिद्धान्त विपरीत पार्टी फुटाउने वा विखण्डन गर्ने प्रयास स्वीकार्य नहुनेबारे स्पष्ट पारेका हुन् ।

सम्बोधनका क्रममा नेता हुमागाईंले नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोइराला परिवारसहित बीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला लगायतका अग्रज नेताहरूको अतुलनीय त्याग र बलिदानको स्मरण गरे । देश र जनताका लागि कांग्रेसको विचार र सिद्धान्त सधैं अपरिहार्य रहेको उल्लेख गर्दै उनले पार्टीलाई कमजोर पार्ने अधिकार कसैलाई पनि नभएको बताए ।

पार्टीभित्र देखिएका केही असन्तुष्टि र विशेष महाधिवेशनका नाममा गरिएका गतिविधिहरूतर्फ संकेत गर्दै उनले भने ‘कानूनी राज्य मान्ने सिद्धान्तविपरीत कानूनको खिलाफमा फेरि अवैधानिक रूपमा विशेष महाधिवेशन भन्दै केही साथीहरूले भेला गर्नु किन जरुरी थियो ? यो इतिहासमा खोजिने गम्भीर प्रश्न हो।’

हुमागाईंले पार्टीको आधिकारिकताका सम्बन्धमा निर्वाचन आयोग र सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयतर्फ इंगित गर्दै आफूहरुले रुख चिन्ह पाएपछि पार्टीलाई एक ढिक्का बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले पार्टी विधान र संविधानभन्दा बाहिर गएर अर्को पक्षले पार्टी फुटाएकोमा न्यायालयले विधान र संविधानतः निर्णय लिनेमा आफू विश्वस्त भएको समेत बताए ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाउन र पूर्ववत् अवस्थामा फर्काउन आफू ज्यान दिनसमेत तयार रहेको कुरा व्यक्त गरेको स्मरण गराउँदै नेता हुमागाइँले १४औँ महाधिवेशनमा जस्तै अहिले पनि पार्टी एकढिक्का हुनुपर्नेमा जोड दिए ।

उनले आपसी एकता र सर्वसम्मत विधिबाट नेतृत्व चयन गर्दै अधिवेशनलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन् । उनले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मंसिर २१ देखि हुने जनाइएको छ । राजधानीको भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा हुने महाधिवेशनका लागि यतिबेला पालिका र जिल्ला अधिवेशनहरु धमाधम भइरहेको छ ।

प्रतिक्रिया