आजदेखि मासू जाँच ऐन लागू, अबदेखि खान मिल्ने मासुमा छाप


काठमाडौं – सरकारले मंगलबारदेखि ‘मासु जाँच ऐन लागू’ गरेको छ । आजदेखि काठमाडौं उपत्यकामा खान मिल्ने मासुमा छाप लागेको हुनेछ।

बालाजुस्थित भ्याली कोल्ड स्टोरले बोइलर कुखुराको मासुमा छाप लगाएर विभिन्न पसलमा बिक्रीका लागि पठाएको छ । अंग्रेजीमा ‘इन्स्पेक्टेड र नेपालीमा योग्य लेखेर सरकारी मासु निरीक्षकले छाप लगाएको मासु भ्याली कोल्ड स्टोरले बजारमा पठाएको हो ।

मासू जाँच ऐन लागू भए पनि सरकारको फितलो तयारीका कारण कुल खपतको १ प्रतिशत मासुमा पनि सरकारी छाप लागेको छैन ।

आजबाट सुरुवात मात्रै भएकाले बिस्तारै कानुन कार्यान्वयन गर्दै लैजाने पशु सेवा विभागको दाबी छ ।

प्रतिक्रिया