
नेपाल प्रहरीको आईजिपीको जिम्मेवारी डा. केसीलाई
काठमाडौं – सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।
बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजीलाई डा. मनोज केसीलाई आईजीपी बनाएको छ ।
सरकारले कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको बताइएको छ ।
कार्की २०८२ कात्तिक २४ गते आईजीपीमा पदोन्नति भएका थिए ।



कागजपत्र |
