धापाखेलमा पहिरोले ढलायो साढे तीन तले घर


काठमाडौं – ललितपुरको धापाखेलमा पहिरोले साढे तीन तले एउटा घर पूर्ण रूपमा ढलेको छ।

ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित प्रगति टोलमा सोमबार बिहान पहिरो जाँदा मञ्जु कुमारी राईको घर ढलेको हो।

ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार बिहान ५ः३८ बजे पहिरोले राईको साढे तीन तले घर पूर्ण रूपमा ढालेको हो।

पहिरोका कारण घरमा क्षति पुगेपछि स्थानीय तथा सुरक्षाकर्मीको समन्वयमा आवश्यक उद्धार तथा व्यवस्थापनको काम भइरहेको जनाइएको छ।

प्रतिक्रिया