
मध्यराति नियन्त्रणमा लिएर ११ घन्टापछि पूर्वप्रधानन्यायाधीश राणालाई छाडियो
काठमाडौं – प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ११ घन्टापछि छुटेका छन्। उनलाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ।
पूर्वप्रधानन्यायाधीश राणालाई पिएसओसहित शनिबार मध्यरात घरबाटै प्रहरीले नियन्त्रणमा लिइएको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली मध्यरात उनको घरमा पुगेर नियन्त्रणमा लिएर कार्यालयमा आएको थियो।
मध्यराति नै राणासँग सोधपुछ गरिएको थियो ।
राणालाई पक्राउ गरेको विषयमा कांग्रेस, एमाले, नेकपा, कानुन व्यवसायी, पूर्वन्यायाधीश, नागरिक समाजलगायतले कडा आपत्ति जनाएका छन् ।



कागजपत्र |
