प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नारा लगाएपछि प्रसाईलाई पक्रन धरपक्कड


काठमाडौं । नागरिक बचाउ महाअभियानका संरक्षक दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरीले धरपक्कड गरेकाे छ ।

प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई गाली गरेको भन्दै प्रहरीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट पक्राउ गर्न धरपक्कड गरेकाे हाे ।

प्रसाईलाई प्रहरीले पक्राउ गर्न लागेपछि उनका समर्थकले नाराबाजी गर्दै छेक्ने प्रयास गरेका थिए ।

धरपक्कड प्रयास भएकै बेला प्रसाईले प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङविरुद्ध नारा लगाएका थिए ।

प्रसाईले आजै पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् ।

प्रतिक्रिया