आशिफ शेखको शानदार शतकसँगै नेपाल ठूलो लक्ष्यतर्फ, आशिफले बनाए १०३ बलमा १०० रन


काठमाडौं — एसीसी प्रिमियर कपको फाइनलमा नेपाली ब्याटर आसिफ शेखले शतक पूरा गर्दै नेपालका लागि शानदार सुरूवात दिलाएका छन् ।

मलेसियामा जारी फाइनल खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेका आसिफले १०२ बलमा शतक पूरा गर्दै एकदिवसियमा व्यक्तिगत दोस्रो शतक प्रहार गरेका हुन् । उनले यसअघि पपुवान्यूगिनीविरुद्ध ११० रनको बनाएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म ३४ ओभरमा २ विकेट गुमाएर १८५ रन बनाएको छ । नेपालका ओपनर अर्जुन कुमाल ४३ रन बनाएर आउट भएका छन् । यतिबेला पूर्वकप्तान रोहित पौडेल र आशिफ शेखले ब्याटिङ गरिरहेका छन् । रोहित १९ रन बनाएर खेलिरहेका छन् ।

प्रतिक्रिया