
एसीसी पुरुष प्रिमियर कपः सेमिफाइनलमा ओमानविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल
काठमाडाैं – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । ओमानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो ।
दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। नेपाल समूह ‘ए’ को विजेता र ओमान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्।
समूह चरणका चारमध्ये तीन खेल जित्दै नेपाल शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको हो। टोलीले पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग १५ रनले पराजित भएको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र ओमानबीचको पछिल्ला भेटहरूमा नेपालको पल्ला भारी देखिएको छ। दुई टोलीबीच भएका पछिल्ला ५ ओडीआई खेलमध्ये नेपालले ३ खेलमा जित दर्ता गरेको छ भने ओमानले २ खेल आफ्नो पक्षमा पारेको छ।



कागजपत्र |
