

धादिङको गजुरीमा आकस्मिक दुई हेलिकप्टर अवतरण

काठमाडौं – धादिङको गजुरी बजारमा दुईवटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ। काठमाडौंको मौसम खराबीका कारण गजुरीमा आकस्मिक अवतरण गरिएको हो।
नेपालगञ्जबाट कोरोना संक्रमित बिरामी लिएर काठमाडौं आउँदै गरेका दुई हेलिकप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएको बताइएको छ।
आकस्मिक अवतरण गर्ने हेलिकप्टरमा मनाङ एअर र अल्टिच्युड कम्पनीका रहेका छन्। भिजिविलिटी कम भएकााले धादिङको गजुरीमा हेलिकप्टर आकस्मिक अवतरण गरिएको धादिङ प्रहरीले जनाएको छ।

