

बैतडीमा १० दिनका लागि विद्यालय बन्द

काठमाडौं – बैतडीको मेलौली नगरपालिकाका विद्यालय १० दिनका लागि बन्द भएका छन्।
नगरपालिका क्षेत्रका विद्यालयहरु कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भएकाले यही वैशाख १४ गते सम्मका लागि बन्द गरिएका हुन्।
त्यस्तै नगरपालिकाको कोरोना व्यवस्थापन समितिको बैठकले वडा नम्बर ७ को तोल्या गाँउका एक जनामा कोरोना देखिएपछि तोल्या क्षेत्र सिल गरेको बताइएको छ।
सो क्षेत्र अर्को सुचना जारी नभएसम्मका लागि सिल गरिएको नगरपालिकाले जनाएको छ।

