
कृष्णभीरमा पहिरोले गएपछि पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध
काठमाडौं – पृथ्वीराजमार्गको धादिङस्थित कृष्णभिरमा पहिरो गएपछि पैदलयात्रुलाई समेत हिँड्न रोक लगाइएको छ ।
रसुवा बाढीपछि उर्लिएको त्रिशूलीका कारण सडक भासिएर पहिरो गएको थियो ।
आइतबार बिहान सडक किनारको केही भाग भासिएपछि सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएको हो। तर दिउँसो उक्त स्थानमा थप पहिरो गएपछि यतिबेला पैदलयात्रु समेत हिँड्न मिल्ने स्थान छैन ।
प्रशासनले यसअघि नै सवारीसाधनमा रोक लगाएकोमा पछिल्लो अवस्थासँगै पैदलसमेत हिँड्न रोक लगाएको हो ।
बाढीको बेग सडकको भित्तामा ठोक्किएपछि कटान बढ्दै जाँदा सडक भासिएको हो।
पुरै सडकको भाग नै पहिरोका कारण खसिसकेको छ । जसले गर्दा पृथ्वीराजमार्ग तत्काल खुल्ने सम्भावना कम रहेको जनाइएको छ ।



कागजपत्र |
