त्रिशुलीमा बाढीको बहाब बढ्दै, सतर्कता अपनाउन आग्रह

कृष्णभीरमा सडक भासियो, मुग्लिङ- नारायणगढ खण्डमा सवारी चलाउन रोक


काठमाडौं – आज बिहान आएको बाढीले रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीको बहाव बढ्दा यसले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित क्षेत्रमा असर पर्ने भएकाले सतर्कता अपनाउन भनिएको हो ।

बिहान ७ः२० बजेको अपडेटमा बाढीको बहाव बढेकाले खोज, उद्धार तथा राहतमा खटिएका, तटीय क्षेत्रमा रहेका एवम् अन्य सबैमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

धादिङका पत्रकार शंकर श्रेष्ठले त्रिशुली नदीमा पानीको बहाव ३ मिटरसम्म बढेको बताएका छन् ।

यसैबीच काठमाडौं–मुग्लिङ खण्डको कृष्णभीरमा सडक भासिँदा यातायात अवरुद्ध भएको छ ।

त्यस्तै त्रिशुलीमा पानीको सतह बढेसँगै मुग्लिङ–नारायणगढ खण्डमा पनि सवारी आवागमन बन्द गरिएको छ ।

 

प्रतिक्रिया