
आज विश्वासको मत लिँदै बागमती मुख्यमन्त्री बानियाँ
मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री बानियाँले सोमबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाउन प्रदेश सभा सचिवालयलाई पत्राचार गरेका छन्। सचिवालयले सोहीअनुसार बैठकसम्बन्धी सूचनासमेत जारी गरिसकेको छ।
प्रदेश सभाको जारी दोस्रो कार्यकालको ३ वर्ष ९ महिनाको अवधिमा मुख्यमन्त्रीले छैटौँ पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि विभिन्न समयमा मुख्यमन्त्रीहरूले ५ पटक विश्वासको मत लिइसकेका छन्।




कागजपत्र |
