ग्वार्को फ्लाईओभरको पर्खालमा ठोक्कियो यात्रुबहाक बस, १ जनाको मृत्यु, १० घाइते


काठमाडौं – ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस ग्वार्कोस्थित फ्लाईओभरको पर्खालमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।

घटनालगत्तै प्रहरी वृत्त सातदोबाटोको टोलीले घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि ग्वार्कोस्थित बीएन्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया