विशेष अदालतद्वारा प्रदीप अधिकारीलाई धराैटीमा छाड्न आदेश


काठमाडौं – विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अधिकारीलाई तीन लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो।

अदालतले धरौटीमा छाड्न आदेश दिएपनि अन्य मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकाले थुनामुक्त भने हुने छैनन्।

प्रतिक्रिया