
सुनकोशीमा कार खस्यो
काठमाडौं — रामेछाप–सिन्धुली–ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सुनकोशीमा यात्रुसहित कार खसेको छ ।
बसको ठक्करबाट मध्यपहाडी राजमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार फिक्कल– २ नवलपुर सिन्धुलीमा नदीमा खसेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए ।
कारमा ४ जना रहेको खबर प्राप्त भएको छ ।
साथै, घटनामा भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण पनि तत्काल प्राप्त हुन सकेको छैन।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली उद्धार तथा अनुसन्धानका लागि घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले उल्लेख गरेको छ।



कागजपत्र |
