
अर्थ र कानुन समितिको बैठक बस्दै
काठमाडौं – संघीय संसदको प्रतिनिधिसा अन्तर्गत रहेका दुई वटा समितिको बैठक आज बस्दैछ । आज अर्थ समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्न लागेको हो ।
अर्थ समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबामा बस्नेछ । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघसंस्थाहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
बैठकमा नेपाल बैंकर्स संघका अध्यक्ष र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्षलाई आमन्त्रण गरिएको छ ।
यसैगरी, कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ९ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिबाट पेस भएको प्रतिवेदन २०८३ उपर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्इक र सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गर्ने तयारी छ ।



कागजपत्र |
