
आज साँझदेखि नेपाल-भारत सीमा ३२ घण्टा सिल हुने
धनगढी – आज(आइतबार)साँझदेखि नेपाल(भारत सीमा गौरीफन्टा नाका ३२ घण्टाका लागि सिल हुने भएको छ । भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका लागि नेपाल-भारत सीमा सिल हुने भएको हो।
त्यहाँ हुने पञ्चायत चुनावको लागि आज बेलुका ४ बजेदेखि सोमबार राति १२ बजेसम्म नाका गौरीफन्टा नाका पूर्णरूपले बन्द रहने कैलाली र कञ्चनपुर दुवै जिल्लाका प्रशासनले जनाएको छ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले भारतमा हुने चुनावका बेला बोर्डर सिल गर्ने विषयमा सहमति भएको बताए।
कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले १८ अप्रिल बेलुका ४ बजेदेखि १९ अप्रिल राति १२ बजेसम्म सीमा सिल हुने बताए।



कागजपत्र |
