
एमाले उपाध्यक्ष पौडेलविरुद्ध ६ दिन म्याद थप
काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप भएको छ ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो । विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको हो।
पूर्व अर्थमन्त्री रहेका उनलाई सम्पत्ति शुद्धीकरण विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनको सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ।



कागजपत्र |
