
पासपोर्ट नभएका र भिसा सकिएर बसेका २४ बंगलादेशी पक्राउ
काठमाडौँ – प्रहरीले पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि पनि नेपालमै बस्दै आएका २४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
जिल प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरू विभिन्न समयमा नेपाल प्रवेश गरेका तर स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिइ गैरकानुनी रूपमा बस्दै आएका पाइएको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौँको डल्लु र सितापाइलालगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई थप कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको छ।



कागजपत्र |
