

कर्णालीका तीन नवनियुक्त मन्त्रीको आज शपथ

काठमाडौं – कर्णाली प्रदेशका नवनियुक्त तीन जना मन्त्रीहरुले आज पद तथा गेपनीयताको सपथ लिंदैछन ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए।
उनीहरू तीनैजना नेकपा एमालेको माधव नेपाल समूहका हुन् । मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएपछि उनीहरुले उपहारको रुपमा मन्त्री पद पाएका हुन्।
पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा एमालेले तीनैजनालाई कारबाही गरिसकेको छ। एमालेले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

