कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेको लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धभमा छलफल हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । कर्णाली प्रदेशबाट नेकपा (माओवादी केन्द्र) सँग सत्ता सहकार्यका लागि अगाडी बढेको कांग्रेसको यो केन्द्रीय कमिटी बैठकबाट अरु प्रदेश सरकारको बारेमा पनि छलफल हुन सक्ने बताइएको छ ।।

यसअघि चैत ३० गते बस्ने तय भएको केन्द्रीय कार्यसमितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको भाइको निधनका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया