सीमा सुरक्षा बैठकका लागि भारतीय टोली गड्डाचौकी हुँदै नेपाल प्रवेश


कञ्चनपुर-  द्विपक्षीय सीमा सुरक्षा बैठकमा सहभागी हुन भारतका उत्तराखण्ड र उत्तर प्रदेशका सीमा सुरक्षा अधिकारीहरूको टोली कञ्चनपुरस्थित गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरेको छ।

भीमदत्तनगरमा आयोजना हुने नेपाल–भारत द्विपक्षीय सीमा सुरक्षा बैठकमा दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीहरूको सहभागिता रहनेछ।

बैठकमा नेपाल–भारत सीमाक्षेत्रमा देखिएका समस्या, सीमा विवाद, सीमापार हुने आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन तथा लागुऔषध ओसारपसार नियन्त्रणलगायत विषयमा छलफल हुने जनाइएको छ।

त्यस्तै सीमापार सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उपायबारे पनि बैठकमा विस्तृत छलफल गरिनेछ।

प्रतिक्रिया