प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न हर्क साम्पाङको माग


काठमाडौं-  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रतिनिधिसभा बैठक विधिअनुसार सञ्चालन हुनुपर्ने माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार र संवैधानिक निकायहरूले संविधानअनुसार काम नगरेको आरोप लगाए।

साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालसँग रुलिङ गर्न पनि माग गरे।

उनले भने, “हिँडेर एक मिनेट पनि नलाग्ने बाटोमा प्रधानमन्त्री आउन कति गाह्रो? प्रधानमन्त्रीज्यूलाई तपाईंले रुलिङ गरेर ल्याउनुपर्छ। विधिअनुसार सदन सञ्चालन गरौँ भन्ने हाम्रो अनुरोध हो।”

उनले संसद् सञ्चालन विधिसम्मत हुनुपर्नेमा जोड दिँदै सरकारलाई संवैधानिक दायरामा रहेर काम गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया