
विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
काठमाडौं – प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ।
सोमबार बसेको दोस्रो बैठकमा पनि नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि बैठक अवरुद्ध भएको हो। लगातारको अवरोधपछि बैठक मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुख डोलप्रसाद अर्यालले संसद् कानून निर्माणको महत्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरे।
उनले आजका लागि तय गरिएका सबै कार्यसूची हटाइएको जानकारी गराए। साथै संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन समिति गठन गरिएको पनि सभामुखले जानकारी दिए।
लगातारको अवरोधका कारण बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित गरिएको हो।



कागजपत्र |
