
बाजुरामा भीरबाट लडेर दुई जनाको मृत्यु
बाजुरा- जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बडीमालिका नगरपालिका–१ पाटाका ६० वर्षीय मानबहादुर दानी वनमा घाँस काट्ने क्रममा भिरबाट लडेर ज्यान गुमाएका हुन्।
यस्तै, सोही नगरपालिका–६ कोर्धकी ६ वर्षीया जसना खड्काको पनि भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनी आमा सँगै घाँस काट्न गएकी बेला गाउँ नजिकैको वन क्षेत्रमा चिप्लिएर खसेकी हुन्।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी गगनसिंह भाटका अनुसार दुबै घटनामा भिरबाट लडेर गम्भीर घाइते भएका उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।



कागजपत्र |
