एकैदिन ५६ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा उल्लेख्य वृद्धि हुनुका साथै चाँदीको मूल्य पनि बढेको छ।

महासंघले जनाएअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर २ लाख ९० हजार ६ सय पुगको छ। यसअघि गत बिहीबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला १७५ रुपैयाँले बढेर आज ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले उल्लेख गरेको छ।

प्रतिक्रिया