अर्घाखाँचीमा जंगली च्याउ खाँदा महिलाको मृत्यु


अर्घाखाँची-  जंगली च्याउ खाँदा अर्घाखाँचीमा एक महिलाको ज्यान गएको छ ।

शितगंगा नगरपालिका–१३ जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ सेवनपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार च्याउ खाएपछि निरन्तर बान्ता हुन थालेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको सूचना अधिकृत झलक शर्माले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया