
धादिङमा साइक्लिङ गर्दा भीरबाट खसेका युवकको सेनाद्वारा उद्धार
धादिङ- धादिङको रुबीभ्याली गाउँपालिका–३ स्थित सवालुङ्ग भीर क्षेत्रमा साइक्लिङ गर्ने क्रममा भीरबाट खसेर अड्किएका एक जनाको नेपाली सेनाले उद्धार गरेको छ ।
काठमाडौंको कपन निवासी ती व्यक्ति आइतबार करिब २०० मिटर तल खसेर भीरमा अड्किएका थिए ।
घटनापछि नेपाली सेनाको भैरव गण (बोराङ)बाट खटिएको उद्धार टोलीले नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरेको हो ।
सेनाका अनुसार घाइतेलाई घटनास्थलमै प्राथमिक उपचार गरिएको थियो । त्यसपछि उनलाई करिब ७ किलोमिटर स्ट्रेचरमा बोकेर सुरक्षित स्थानमा ल्याइएको र थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जनाएको छ ।



कागजपत्र |
