
लिग २ः ईशानको लगातार दोस्रो अर्धशतक
काठमाडौं- नेपालका ब्याटर इशान पाण्डेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका छन् ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी अमेरिकाविरुद्धको खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरेका हुन् । यो उनको लगातार दोस्रो अर्धशतक पनि हो । यसअघि गत सोमबार लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा उनले पहिलो अर्धशतक बनाएका थिए ।
इशानले ६१ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे ।
जारी खेलमा इशानको अर्धशतकसँगै नेपालले ३८ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १९४ रन बनाएको छ ।



कागजपत्र |
