भेरी अस्पतालमा १८३ वटा नमुना परीक्षण गर्दा १२७ जनामा कोरोना पुष्टि


काठमाडौँ – नेपालगन्जस्थित भेरी अस्पताल गत २४ घण्टामा १८३ वटा नमुनाको कोरोना परीक्षण गर्दा १२७ जना संक्रमित रहेको पाइएको जानकारी गराएको छ ।

अस्पतालले आफ्नो फेसबुक पेजमा सूचना प्रकाशित गर्दै पोजिटिभिटी रेट ६९.४ प्रतिशत रहेको बताएको छ ।

कोरोनाको महामारी सुरु भएयता अस्पतालमा एकदिनमै यति धेरै संक्रमित भेटिएको पहिलोपटक भएको समेत बताएको छ ।

‘यसले कोभिड-१९ संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्छ,’ अस्पतालले भनेको छ, ‘भेरी अस्पताल आफ्नो श्रोत साधनले भ्याएसम्म बिरामीको उपचारमा प्रतिबद्ध भएर लागेको छ । तर यही क्रममा संक्रमण फैलिने हो र गहन खालका बिरामीहरूको संख्या बढ्ने हो भने बिरामीको चाप थेग्न मुश्किल हुने निश्चित छ ।’

प्रतिक्रिया