आईसीसी विश्वकप लिग-२ः अमेरिकाविरूद्ध ब्याटिङमा नेपाल


काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ।

कीर्तिपुरस्थित टीयू मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

अमेरिकाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो। नेपालले यसअघिको टोलीलाई नै उतारेको छ ।

नेपालको सुरुवाती ११ः कुशल भुर्तेल, आसिफ शेख, ईशान पाण्डे, रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, सोमपाल कामी ।

प्रतिक्रिया