प्रधानन्यायाधीश डा. मनोज शर्माले लिए राष्ट्रपतिबाट शपथ


काठमाडौं-  सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदको शपथ गराएका हुन्।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए। संसदीय सुनुवाइ समितिबाट नाम सर्वसम्मत अनुमोदन भएलगत्तै उनको नियुक्ति र शपथको प्रक्रिया अगाडि बढेको हो।

प्रतिक्रिया