
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
तम्घास – गुल्मीमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ साहुघर निवासी ४५ वर्षीय थम्मनबहादुर कुमालले कुटपिट गर्दा उनकी श्रीमती सुमित्रा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
मङ्गलबार साँझ कुटपिटपछि राति नै सुमित्रालाई उपचारको लागि गुल्मी अस्पताल ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गा सारुका अनुसार अस्पतालले राति १२ बजे उनलाई मृत घोषणा गरेको हो ।
मृतक सुमित्राको मुखमा र घाँटीमा चोट लागेको थियो भने छातीका सातवटा करङ भाँचिएको अस्पतालको प्रतिवेदनमा उल्लेख छ ।
मादक पदार्थ सेवनबाट उक्त घटना घटेको प्रहरीले जनाएको छ । अहिले थम्मनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।



कागजपत्र |
