
पूर्णबहादुर खड्का समूहको प्रदेशस्तरीय भेला आज
काठमाडौं – नेपाली कांग्रेसकाे निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूह समूहले आज (बुधबार) काठमाडौंमा भेला गर्दैछ ।
खड्का नेतृत्वको संस्थापन इतर समूहले बागमती प्रदेशस्तरीय भेला गर्न लागेको हो ।
नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा २३ वैशाखमा सम्पन्न समूहको बैठकले बागमती प्रदेशस्तरीय भेला बलाउने निर्णय गरेको थियो ।
पार्टीलाई एकताबद्ध बनाउनका लागि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय गरिएको नेताहरूको भनाइ छ ।
भेला बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १ बजेबाट सुरू हुने बताइएको छ । यसअघि यो समूहले विराटनगरमा कोशी प्रदेशस्तरीय भेला आयोजना गरेको थियो ।



कागजपत्र |
