प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रमबारे जवाफ दिँदै प्रधानमन्त्री शाह


काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३ र ०८४ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र छलफल हुनेछ।

आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीमा उल्लेख छ।

प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Samsad-1778632706.jpg

 

प्रतिक्रिया