
भूमिहीन सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारको घोषणा
काठमाडौं- सरकारले भूमिहीन सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने घोषणा गरेको छ ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि विशेष कार्यक्रम ल्याइने बताएका हुन् ।
उनले सुरक्षित र उचित बसोबासको व्यवस्था गर्दै सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए ।
नीति तथा कार्यक्रममा भूमि ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै दीर्घकालीन बसोबासको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।
असुरक्षित स्थानमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सुरक्षित आवास र पुनःस्थापनाको व्यवस्था गरिने सरकारको भनाइ छ ।



कागजपत्र |
